मकवानपुर – नेपाली कांग्रेस बागमती प्रदेश सभापति, संसदीय दलको नेता एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले माघे संक्रान्ति (मकर संक्रान्ति) तथा माघी पर्वको अवसरमा समस्त नेपालीहरुलाई शुभकामना दिएका छन् ।


ADVERTISEMENT


बानियाँले तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको बताउँदै कोरोना संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन गरेर मात्रै चाडपर्व मनाउन आग्रह समेत गरे ।


ADVERTISEMENT

# # #


बानियाँले यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउँदै पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन मौलिक चाडपर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका सँस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन् । हाम्रा सँस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।’ बानियाँले भने ।