सप्तरी– सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट दश लाख रुपैँयाभन्दा बढीको क्षति भएको छ ।


ADVERTISEMENT


स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो ।


ADVERTISEMENT

# # #


आगलागीबाट औषधि, दुई गोरु, पाँच बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए । रासस