काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खर जन्मिएको बाच्छोको संज्ञा दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले देशमा राजतन्त्रको आवश्यकता रहेको बताएका थिए । मन्तव्यका क्रममा लिङ्देनले भनेका थिए, ‘अब देशमा राष्ट्र प्रमुखको रुपमा राजसंस्था र जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरेर जाऔँ ।’


ADVERTISEMENT

# # #


शुभकामनाकै क्रममा लिङ्देनलाई जवाफ फर्काउँदै अध्यक्ष ओलीले भर्खर भर्खर जन्मिएको बाच्छो कुद्न जान्दैन अलि बढी कुद्छ भन्दै कटाक्ष गरेका हुन् ।

आाज पनि नागरिक स्वाभिमान विपरितका सिद्धान्त बोकेर हिंडेको भन्दै आश्चर्य व्यक्त गरे । ओलीले भने, ‘कोही जन्मिँदै शासक भएर जन्मिन्छ भन्ने निराधार सिद्धान्त, संयुक्त राष्टसंघका विरुद्धका सिद्धान्त, नागरिक स्वाभिमानका विपरितका सिद्धान्त बोकेर हिंड्ने । हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिंड्ने ।’

ओलीले अघि थफे ‘हुन त भर्खर भर्खर अध्यक्ष छानिएको । रापताप होला साथीहरुको । भर्खरभर्खरको बाच्छो हिंड्न जान्दैन, अलि बढी कुद्छ । नयाँ नयाँ अध्यक्ष भएको अलिअलि रापताप होला । अलि समयमा ठिक आउला ।’

लिङ्देन मंसिर १९ गते भएको राप्रपाको महाधिवेशनबाट कमल थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका थिए ।