काठमाडौँ – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले वैचारिक–सैद्धान्तिक तथा संगठनात्मक मतभेदका कारण पार्टी विभाजन गर्नुपरेको जनाएको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपा अध्यक्ष राइले सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको नीति विपरित हुने गरी अध्यक्षात्मक प्रणालीमा एकल निर्णय भएकाले पार्टी विभाजन हुन पुगेको बताएका हुन् । पार्टीबाट भएगरेका निर्णयभन्दा फरक कार्यान्वयन हुने गरेको, पार्टी नेतृत्वको व्यवहारबाट क्षेत्रीय चरित्रमा सीमित बनाउने काम भएको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले संघीय ढाँचाको पार्टीलाई व्यवहारमा केन्द्रीकृत रुपमा चलाएको र जिल्ला-पालिकासम्म हस्तक्षेप भएको आरोप लगाए । अध्यक्ष राईले महाधिवेशन नै अनियमित ढंगले कब्जा गर्नेगरी अमेरिका उड्नुअघि उपेन्द्र यादवले परिपत्र जारी गरेको भन्दै त्यसले पनि विष्फोटक स्थिति बनाएको धारणा राखे ।

उनले पार्टी नेतृत्वकै कारण जनतामा जसपा नेपालको आकर्षण घट्दै गएको र शीर्ष नेताहरु चूनाव जित्नका लागि गठबन्धनको साहारा लिनुपरेको बताए । आफूहरु मुलुकमा स्थिरता कायम गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको र सरकारलाई दिएको समर्थन कायमै रहेको उनले बताए ।

त्यस्तै राईले आफूहरुले संवैधानिक मूल्यमान्यता अनुसार निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएको र आयोगले पनि सोही अनुसार निर्णय गरेको भन्दै अदालत जान जसपा नेपाललाई चुनौती दिए ।