काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले नेपाली काँग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक स्थायित्व र स्थिरताका लागि काँग्रेससँग सहकार्य गर्न नेकपा एमाले तयार रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


विगतका महत्वपूर्ण आन्दोलनमा पनि नेकपा एमाले र काँग्रेसले सहकार्य गरेको बताउँदै अध्यक्ष ओलीले देशको राजनीतिलाई, देशको राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र, देशको सामाजिक विकास र संस्कृतिलाई रक्षा गर्ने र सही बाटोमा अघि बढाउने अभिभारा काँग्रेस र एमालेको काँधमा रहेको बताए । उनले भने, ‘यी अभिभाराका लागि नेपाली काँग्रेससँग साथसाथै अघि बढ्न नेकपा एमाले सँधै बढिआएको छ र अहिले पनि सहकार्य गर्न तयार छ ।’

नेपाल जहाँको त्यहीँ नभएको बताउँदै उनले भने, ‘नेपाल जहाँको त्यहीँ छैन । राणा शासनमा रहेको नेपालदेखि राजतन्त्र उल्टाएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनेसम्मको महत्वपूर्ण अभिभारा नेपालका राजनीतिक पार्टीहरुले लिएका छन् ।’

केही साना दलहरुलाई काँग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने पीर परेको उनले बताए । ‘सँधै सुन्छु, सँगै जानुपर्छ, सँगै जानुपर्छ । सरकारमा मात्रै हो कि देश बनाउन सँगै जाने हो ?’ ओलीले भने, ‘देश बनाउने कुरामा नेकपा एमाले नेपाली काँग्रेसको साथमै छ ।’

ओलीले अघि थपे, ‘नेपाली काँग्रेसले सबैलाई साथ लिएर चलोस् । मेरो कुनै आपत्ति छैन । तर, काँग्रेस अरुका नीतिको पछि होइन आफ्ना नीतिमा अरुलाई हिंडाओस ।’