काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई अघि बढाउनका लागि दलहरुबीच प्रतिस्पर्धा गरे पनि एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले सबै राजनीतिक दल र नेताहरुले निरंकुशताको लडाईमा एकता प्रदर्शन गरेको भन्दै मुलुकलाई अघि बढाउनका लागि पनि एक भएर अघि बढ्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले एक्लै हिँड्ने अहंकार गर्दा ओरालो यात्रा सुरु भयो भन्ने नेपालको इतिहासले देखाएको तर्क पनि गरे । त्यस्तै उनले ठूलो पार्टी भएर सत्तामा पुगेपछि कुनै न कुनै किसिमको दम्भ आउने अनुभव आफुले गरेको जिकिर गरे । प्रचण्डले नेपाली नेताहरुले एक अर्काले हातेमालो गरेर एक अर्कालाई प्रधानमन्त्री बनाउने गरेको पनि बताए ।

सत्तामा जाँदा कहीँ न कहीँ जनताकाबीचमा गरिएका प्रतिवद्धताबाट विचलित भएको भन्दै उनले कांग्रेसले यसको समीक्षा गर्न जरुरी रहेको बताए ।

त्यस्तै प्रचण्डले माओवादी शान्तिपूर्ण राजनीतिमा आउदा कांग्रेससंगको सम्बन्धका बारेमा स्मरण गरे ।