काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापतिको आकांक्षी डा. शेखर कोइरालाले प्रचारप्रसार सुरु गरेका छन् । संस्थापन इतर पक्षको साझा उम्मेदवार उठाउनुपर्ने दबाबका बीच शेखरले प्रचारप्रसार सुरु गरेका हुन् ।


ADVERTISEMENT


आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताउँदै आएका शेखरले अर्का आकांक्षी प्रकाशमान सिंहले दाबी छाडे आफूले पनि छाड्ने बताएका थिए । तर, सिंहले आफ्नो दाबी कायमै रहेको बताएपछि शेखरले पनि आफूले केन्द्रीय सभापतिको पदमा उम्मेदवार दिने बताएका छन् ।


ADVERTISEMENT

# # #


पौडेल भने सिंह र शेखरबीच सहमति नबन्दा दुःखी छन् । उनले बुधबार बसेको बैठकमा दिक्क मान्दै सहमति नबने राजनीतिबाटै बिदा हुन्छु भनेका थिए ।

यी तीनैजना नेताहरू बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा गएनन् । साझा उम्मेदवार छान्ने कसरतसहित आपसमा छलफलमा रहेका उनीहरूबीच कुनै खाले सहमति हुन सकेको छैन ।