काठमाडौँ – नेपाली काँग्रेसका प्रभावशाली नेता सञ्जय गौतमले रामचन्द्र पौडेललाई सभापति बनाएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरणको संस्कार बसाउँदै आफूले सरकार चलाउने र पौडेललाई पार्टीको नेतृत्व सुम्पिनु पर्ने नेता गौतमले बताएका हुन् ।


ADVERTISEMENT

# # #


यो किसिमले पार्टी एक ढिक्का हुने हो भने नेपाली काँग्रेसले दुई तिहाई ल्याउने समेत नेता गौतमले दाबी गरे । उनले भने, ‘यतिबेला जनताको विश्वास नेपाली काँग्रेसप्रति रहेको छ । शीर्ष नेताहरुले समेत पार्टीलाई विभाजित मानसिकताबाट होइन कसरी एक ढिक्का र ध्यान केन्द्रित गर्न जरुरी छ ।’

१४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरिरहेका पूर्वमन्त्री समेत रहेका नेता गौतमले यो प्रस्ताव आफूहरुले नेताहरुसमक्ष पुर्यासकेको बताउँदै सर्वसम्मतीबाट पार्टीको नेतृत्व चयन गर्ने काँग्रेसले बनाएको वातावरणबाट देश र जनताकै समेत भलो हुने जिकिर गरे ।