काठमाडौँ – नेपाली कांग्रेसले १४ महाधिवशेनमा उच्च स्वास्थ्य सतर्कता अपनाउने भएको छ ।


ADVERTISEMENT


महाधिवेशनमा सहभागी हुने नेता तथा कार्यकर्तालाई आवश्यक स्वास्थ्य सामाग्री वितरणका साथै खोप नलगाएकालाई कोरोनाविरुद्धको खोप पनि लगादिने तयारी कांग्रेसले गरेको छ । कांग्रेस महाधिवेशन अन्तर्गतको स्वास्थ्य समितिका संयोजक मोहन बहादुर बस्नेतले महाधिवेशनमा सहभागी हुने सम्पूर्णको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै आवश्यक तयारी गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


आइतबार सरोकारवालासंगको छलफलका क्रममा उहाले महाधिवेशनका बेला कसैलाई स्वास्थ्य समस्या भए तत्काल उपचारका लािग पनि आवश्यक तयारी गरिने जानकारी दिए । उनले महाधिवेशनमा भाग लिन आउनेको एन्टीजेन समेत गरिने बताए ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गते काठमाडौँमा हुँदै छ ।