सुदूरपश्चिम – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभापति वीरबहादुर बलायरले कांग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।


ADVERTISEMENT


कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित सभापति बलायरले आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा फरक धारमा देखिएका नेतासमेतलाई मिलाएर अघि बढ्ने बताए । उनले कांग्रेसका माध्यमबाट नेपाली जनता र नेपालको भविष्य खोज्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


सभापति बलायरले भने, “हाम्रा विमति होलान् तर विमतिको सजाय कांग्रेसले भोग्न नपरोस् भन्ने कुरामा हामी सचेत छौँ र त्यही बाटोबाट पार्टीलाई अगाडि लैजान्छौँ ।” उनले अगामी निर्वाचनमा एकजुट भएर जनताको मन मस्तिष्कमा बस्न अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।