चितवन – चितवनको सौराहामा जारी एमाले १० औं महाधिवेशनमा घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।


ADVERTISEMENT


उनी अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत सूचीमा अटाएका थिएनन् । एमाले अन्तरसंघर्षमा माधव नेपाल पक्षमा रहेका उनी एमालेमै रहने ‘दश नेता’मध्ये एक हुन् ।


ADVERTISEMENT

# # #


यससँगै एमालेको केन्द्रीय कमिटीमा ‘सर्वसम्मत’ नेतृत्व चयन गर्ने अध्यक्ष ओलीको आकांक्षा असफल उन्मुख देखिएको छ।

आइतबार दिनभर लगाएर राति ३ बजेपछि सार्वजनिक सूचीमा असन्तुष्टि दर्शाउँदै नेताहरुले उम्मेदवारी दिन थालेका छन् । अध्यक्षमा भीम रावलले ओलीसँग प्रतिष्पर्धा गर्ने भन्दै उम्मेदवारी दर्ता गराएका छन् ।