चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष भीम  रावलले सर्वसम्मतको अवधारणालाई पाखा लगाएपछि  चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।


ADVERTISEMENT


अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले यसअघि नै उम्मेदवारी दर्ता गरिसकेका छन् ।


ADVERTISEMENT

# # #