काठमाडौं – केन्द्रीय सदस्यका प्रतयासी अखिलका पूर्वअध्यक्ष ऐन महरले उम्मेदवारी दर्ता गर्लान् कि नगर्लान् हेर्न बाँकी छ ।  अखिलका पूर्वअध्यक्षसमेत रहेका ऐनमहरलाई ओलीले आफ्नो मनोनयनमा  भने छुटाइएका थिए ।


ADVERTISEMENT


महर अखिलका पूर्वअध्यक्ष हुन् । महरको ठाउँमा हालै अखिल अध्यक्ष बनेकी सुनिता बराल सोझै केन्द्रीय सदस्य बनेकी छन् । यता  कोमल वलीलाई भने ओलीले केन्द्रीय समितिमा समेटेका थिए । जबकी उनलाई गोदावरीबाट पारित बिधानबमोजिम केन्द्रीय सदस्य बनाउनसमेत  मिल्दैन थियो । उता दुर्गा प्रसाईं पनि ओलीसँग  बिच्किएका छन् । नेताहरु धमाधम उम्मेदवारी दिइरहेका छन् ।


ADVERTISEMENT

# # #


यससँगै एमालेको केन्द्रीय कमिटीमा ‘सर्वसम्मत’ नेतृत्व चयन गर्ने अध्यक्ष ओलीको आकांक्षा असफल उन्मुख देखिएको छ । आइतबार दिनभर लगाएर राति ३ बजेपछि सार्वजनिक सूचीमा असन्तुष्टि दर्शाउँदै नेताहरुले उम्मेदवारी दिन थालेका छन् । अध्यक्षमा भीम रावलले ओलीसँग प्रतिष्पर्धा गर्ने भन्दै उम्मेदवारी दर्ता गराएका छन् ।