काठमाडौं – नेपाली कांग्रेस धादिङको सभापतिमा पुन: रामनाथ अधिकारी निर्वाचित भएका छन् । आज बिहान आएको मतपरिणामअनुसार अधिकारीले एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


सभापतिका अर्का उम्मेदवार भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए । सभापतिमा निर्वाचित अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।


ADVERTISEMENT

# # #


सभापतिका अर्का उम्मेदवार ढुंगानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो । अधिकारी प्यानलबाटै अधिकांशले कार्यसमितिमा जितेका छन् ।