काठमाडौं – सर्वोच्च अदालतमा पाँच सातादेखि जारी गतिरोध अन्त गर्न सत्ता गठबन्धनले गृहकार्य सुरु गरेको छ । सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बारले एक स्वरले राजीनामा माग्दा पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पछि हट्न तयार नभएपछि उनको बहिर्गमनका लागि सत्तारूढ गठबन्धनले पहल सुरु गरेको हो ।


ADVERTISEMENT


न्यायालयको नेतृत्व प्रतिष्ठित र सम्मानित जिम्मेवारी हो तर जबराले जस्तोसुकै सार्वजनिक आलोचना सहेर पनि पदमा बस्ने हठ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग डेढ घण्टा छलफल गरे ।


ADVERTISEMENT

# # #


‘अवज्ञामा उत्रिएका न्यायाधीश र आन्दोलनमा सक्रिय बारलाई समझदारीमा ल्याएर न्यायालयलाई सक्षम नेतृत्व दिन जबराले अब नसक्ने निष्कर्ष नेताहरूको छ, त्यसैले उनको बहिर्गमनका लागि पहल गर्ने समझदारी भएको छ’ एक मन्त्रीले भने । सत्ता गठबन्धन यसअघि भने न्यायालयको विवाद त्यहींभित्रबाट समाधान हुनुपर्ने भन्दै जबरालाई मौका दिँदै आएका थिए ।

‘गतिरोध लम्बियो, उहाँले आन्दोलनरत पक्षलाई मनाउन सक्ने स्थिति देखिएन, कुनै एक व्यक्ति न्यायालय ठप्प पारेर नेतृत्वमा बस्दा राज्यकै छवि बिग्रने अवस्था देखियो, नैतिक रूपमा पनि अब जबरा बस्न मिल्दैन भन्ने नेताहरूको मत छ,’ बालुवाटार स्रोतले भन्यो, ‘उनलाई राजीनामा देऊ भनेर अब संवैधानिक परिषद्का अध्ययक्षसमेत रहेका प्रधानमन्त्रीले भन्ने समझदारी भएको छ ।’ कान्तिपुर दैनिकबाट ।