काठमाडौं – नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीले घुमाउरो स्वीकारोक्ती प्रकट गरेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा नेविसंघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शर्माले संसदमा अरुमाथि आरोप लगाएर गृहमन्त्रीले आफूमाथि लागेको आरोपको पनि घुमाउरो तरिकाले स्वीकारोक्ती प्रकट गरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसको सांसद, सभापति, दाजु भाउजु लगाएतमाथि नामै लेखेर छानविन गर्न उनले चुनौती दिए । शर्माले जो माथि छानविन भएर दोषी देखिन्छ उही नै जेल जाने भएकाले अरुलाई मुछ्न नहुने धारणा राखे । रवि लामिछानेलाई कांग्रेसले दोषी नभनेको स्पष्ट पार्दै उनले छानविन समितिले निकाल्ने निष्कर्षलाई भने स्वीकार गर्न सक्नुपर्ने बताए ।

उनले संसदीय छानविन समिति गठनमा सत्तापक्षले सवैलाई एकमुष्ट छानविन गर्नुपर्छ भन्दा सहमति हुन नसकेको जानकारी दिए । उनले विदेशीलाई सूचना बेच्ने गृहमन्त्रीको अभिव्यक्तलाई संसदको रेकर्डबाट हटाउनुपर्ने बताए ।