चितवन – (एमाले)को १०औं महाधिवेशन निर्वाचनसँग सम्बन्धित बाँकी प्रक्रिया आज (सोमबार) बिहानसम्मका लागि स्थगित गरिएको छ । उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया अब आज सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।


ADVERTISEMENT


यसअघि निर्वाचन आयोगले मनोनयनसम्बन्धी प्रक्रिया  पूरा गरी राति सवा २ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।


ADVERTISEMENT

# # #


निर्वाचन सम्बन्धी प्रक्रिया स्थगित गरेपछि अध्यक्षका दाबेदार डा भीम रावलले  रातभर मनोनयन दर्ता गराउन सकेनन् । अब उनले आज मनोनयन दर्ता गराउनुपर्नेछ ।