काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुको बिरोधकाबीच एक सेकेण्ड पनि सदनको कामकारबाही नरोकिएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा नेम्वाङले एमालेको कारण सदनको काम कारबाही रोकियो भन्ने प्रचार निरर्थक रहेको भन्दै आफ्ना कारणले एक सेकेण्ड पनि सदनको कामकारबाही नरोकिएको स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


नेम्वाङले सरकारले नै कुनै बिधेयक नल्याएर सदनलाई कामविहीन बनाएको आरोप लगाए । उनले सरकारले बिजनेश नदिएका कारण नै सदनले सिन्का भाच्न नसकेको तर्क गरे ।

नेम्वाङले सदन सञ्चालनमा सभामुखले एमालेप्रति भेदभाव गरेको र कार्यव्यवस्थामा पनि एमालेसंग कुनै छलफल नै नभएको जिकिर गरे ।

नेम्वाङले ८८ दिनपछि मात्र पूर्णता पाएको वर्तमान सरकारले जनता र देशप्रति कुनै काम गर्न नसकेको धारणा राखे । नेम्वाङले सदनमा पेश भएका विधेयक फिर्ता लिएर पछिल्लो समय सरकार उल्टो बाटोमा हिँडेको तर्क गरे ।

बैठकमा एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओली भने अनुपस्थित थिए  ।