बझाङ – बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो ।


ADVERTISEMENT


उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । लोतु सामुदायिक स्वास्थ्य इकाइ प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी बिहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिइन् ।


ADVERTISEMENT

# # #


साँझ अबेरसम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि खत्रीलाई धनगढी पठाइएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले उद्धारका लागि पहल गरेकी थिइन् । विकट ठाउँ भएकाले उद्धारमा कठिनाइ भएको हो ।

जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पुर्‍याउन सकिने अवस्था नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको उपाध्यक्ष धामीले बताइन् । सडक अवरुद्ध हुँदा जटिल प्रकारका बिरामीलाई समस्या भइरहेको छ । रासस