काठमाण्डौं-वर्षौंदेखि पूरा हुन नसकेको मूलपानीको माथिल्लो क्रिकेट मैदान यही शनिबारबाट प्रतियोगिता आयोजनाका लागि खुला हुने भएको छ । हालै क्रिकेट खेलाडीको अग्रसरतामा खेल्नयोग्य बनाइएको मैदानको यही शनिबार मैत्रीपूर्ण खेलसँगै उद्घाटन गरिने कार्यक्रम तय भएको नेपाल क्रिकेट संघ (क्यान)का सीओओ छुम्बि लामाले जानकारी दिए । मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका वर्तमान र पूर्वखेलाडीहरूलाई दुई टोलीमा विभाजन गरी टीट्वेन्टी खेल खेलाइनेछ ।


ADVERTISEMENT


‘हामीले शनिबारका लागि राष्ट्रिय टोलीका पूर्व र वर्तमान खेलाडीहरू सम्मिलित दुई टोली बनाएर टीट्वेन्टी खेलमार्फत मैदानको उद्घाटन गर्ने तयारी गरेका छौं’, सीओओ लामाले भने, ‘हामीले खेलाडीको अग्रसरतामा मैदानलाई खेल्नयोग्य बनाएका छौं । शनिबारबाट सबैका लागि मैदान खुला हुनेछ ।’ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलको तयारीमा रहेको राष्ट्रिय टोलीले पनि बिहीबार सोही मैदानमा वार्म अप र समान्य अभ्यास गरी बन्द प्रशिक्षणको सुरुआत गरेको छ ।


ADVERTISEMENT

# # #


आईसीसी र एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आर्थिक सहयोगमा बन्दै आइरहेको मैदान विभिन्न समस्याले धेरैपटक निर्माण अवरुद्ध भएको थियो । मूलपानी मैदानमा तत्काल अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सम्भावना कम छ । तर पनि त्रिवि मैदानको विकल्प भने बनेको छ ।