नवलपरासी । प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ देवेन्द्रराज कंडेल उमेद्वार बनेर आएपछि नवलपरासी क्षेत्र नम्बर २ का मतदाताहरुमा नयाँ नारा ‘भाईरल’ बनेको छ । देशैभर निर्वाचनको माहोल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो ।


ADVERTISEMENT


‘त्यस्तै भो त्यसपाली मुन्ना बाबु यसपाली’ – यो नारा कण्डेलको निर्वाचन क्षेत्रमा सर्बत्र गुञ्जिएको छ । लामो समय राजनीति गरेर स्थानीय रुपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ । यसअघि समेत उमेद्वार हुँदा पार्टीबाटै बागी उमेद्वार उठेको आन्तरिक कारणले जित हांसिल गर्नबाट बञ्चित उनलाई यसपटक भने जिताएर पठाउने प्रणका साथ चुनावी अभियानमा होमिएको स्थानीय मतदाताहरु बताउंछन् ।


ADVERTISEMENT

# # #


‘सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिईरहेका कंडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रुपमा चिन्दछन्’ स्थानीय मतदाताले हिमालयपोष्टलाई भने ‘हाम्रो नेता नै मुन्ना बाबु हो, अरु को उठिरहेको छ चिन्दापनि चिन्दैनौं ।’ दिवंगत दाजु भाउजुका नाममा कंडेलले नवलपरासीमा खोलेको आँखा अस्पताल प्रख्यात छ ।

२ पटक सम्म गृहराज्यमन्त्री बनेर गरेको कामले सर्वत्र चिनिएका उनी कांग्रेस नवलपरासीका पूर्व सभापति समेत हुन् ।

कांगेस केन्द्रीय सदस्य कंडेलको राजनीतिक बिरासत पुस्तौँ पुस्ताको छ । उनकी हजुरआमा बीपी कोईरालाको पालामा संसदीय समितिको एक मात्र महिला सांसद हुन् । कंडेलका बाबु पृथ्वी राज कंडेल समेत पूर्व सांसद हुन् ।

हाल सुस्ता पश्चिम नवलपरासी प्रतिनिधि सभा २ मा उनको उम्मेदवारी रहेको छ। उक्त क्षेत्र बाट प्रदेश २क बाट युवा नेता गुणनिधि तिवारी र २ख बाट अर्का युवा नेता बैजनाथ जैसवाल उम्मेदवार छ्न ।

‘जनताको मनसंग भिजेका नेताको रुपमा चिनिएका कंडेललाई कांग्रेस र राष्ट्रिय राजनीतिमा नै सम्भावना बोकेका ‘लामो दौड’ का युवा नेताका रुपमा चिनिन्छ’ अर्का मतदाता भन्छन् ‘मुन्ना बाबु नै हो यसपाली ।’