काठमाडौँ– हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई तीन वर्षयताकै उच्च लाभांश दिने भएको छ ।


ADVERTISEMENT


कम्पनीको मिति २०७८ असोज २० गते बसेको सञ्चालक समितिको ४१२ औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ को २१.६८५ अर्थात रु २ अर्ब ३१ करोड ६३ लाख ७८ हजार ९९.५१ बराबरको बोनस शेयर तथा ४.६२५ अर्थात रु.४९ करोड ३६ लाख १९ हजार ३ सय १८.२५ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


यससंगै बैकले गतवर्षको कुल मुनाफाबाट २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६५ लाभांश दिने भएको छ ।

यद्यपि सञ्चालक समितिको सो निर्णयलाई राष्ट्र बैक र बैंकको आगामी बस्ने साधारण सभाले स्वीकृत गरेपश्चात् मात्रै लागू हुने जनाइएको छ ।