सुनसरी– अपहरणमा परेका एक बालकलाई प्रहरीले १० घन्टापछि सकुशल उद्धार गरेको छ ।


ADVERTISEMENT


प्रहरीले कोशी गाउँपालिका–७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।


ADVERTISEMENT

# # #


बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्दार गरेको हो ।

साथै प्रहरीले अपहरणमा संलग्न व्यक्तिलाई समेत प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा भारत सुपौल ग्राम पंचायत बलबदैपुर– ६ बैरयाकमाल बस्ने मुकुम मिँया रहेका छन् । मिँया नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरु लैजाने ठेक्दार रहेको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस्तै, मिँयालाई ‘नेपाली कामदारहरु १५/२० जनाको संख्यामा उपलब्ध गराई दिन्छु’ भनि नेपालतर्फ सुनसरी कोशी गाउँपालिका–७ बस्ने भुल्टन सदा लगायत ५ जनाले अग्रिम २ लाखपैसा भुक्तानी लिई कामदार नपठाएपछि मिँया लगायतको समूहले भुल्टन सदाको गाउँकै ती बालकलाई अपहरण गरी कुटपिट समेत गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अपहरणमुक्त भएका ती बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मिया उपर अपहरण तथा शरीरबन्धक शीर्षक अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।