काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेसम्म काठमाडौंबाट कोही पनि कांग्रेसको पार्टी सभापति नभएकाले अब काठमाडौंबाट कांग्रेस पार्टी सभापति बन्नुपर्ने बताएका छन् । उनले बाहिरको नेताको सँधै झोला बोकिरहनुपर्दा काठमाडौंका नेता थाकिसकेको पनि बताए ।


ADVERTISEMENT


सिंह मंसिरमा हुने कांग्रेसल १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारीमा  छन्। १३ औं महाधिवेशनमा आफू सभापति  नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएकोले पनि यसपटक सभापति हुने पालो आफ्नो रहेको  पनि उनले स्मरण गराएका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन् ‘अहिलेसम्म काठमाडौंबाट कोही पार्टी सभापति भएको छ ?’ आज काठमाडौंमा भएको एक कार्यक्रममा  बोल्दै सिंहले भने, ‘के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’