काठमाडौँ–  आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ ।अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भौचर जित्न सक्नेछन् ।


ADVERTISEMENT


जसमा (आईएमएस एसमार्ट) सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत ९ जना भाग्यशाली विजेता बन्नेछन् ।


ADVERTISEMENT

# # #


आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ । जसमा काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ ।

ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्य बराबरको गिफ्ट भौचर जित्न सक्नेछन् । आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ । प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन् । ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामान खरिद गर्न सक्नेछन् ।

ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकले कम्पनीले तोकिएको बैंक तथा सहकारीबाट किस्ताबन्दीमा सामान खरिद गर्न सकिन्छ, भने उक्त अफर कार्तिक १७ सम्म मात्रै लागू हुन कम्पनीले जनाएको छ।

सामान खरीदका लागि कम्पनीले तोकिएका बैंक तथा सहकारी

१. माछापुछ्रे बैंक प्रालि
२. नेपाल इन्भेष्टमेन्ट बैंक प्रालि
३. सिटिजन्स इन्टरनेशनल बैंक प्रालि
४. मेगा बैंक प्रालि
५. सानिमा बैंक प्रालि
६. ग्लोबल आइएमई बैंक
७. एनएमबि बैंक प्रालि
८. सनराइज बैंक प्रालि
९. नबिल बैंक प्रालि
१०. एनआइसी एशिया बैंक प्रालि

११. लक्ष्मी बैंक प्रालि (30% Down Payment and 40000 and above value product )
१२. बैंक अफ काठमाडौँ ( 20% Down payment and covers 35000 and above value product )
१३. उपास्ना वहुउद्येश्यीय सहकारी( 40% down payment)