काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।


ADVERTISEMENT


छापावाल सुन मङ्गलबार प्रतितोला  ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला  ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै तेजाबी सुन आज प्रतितोला  ८९ हजार ४५० रुपैयाँमा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ८९ हजार ८५० रुपैयाँ मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मङ्गलबार प्रतितोलाएक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।