काठमाडौँ– नेपाली समयअनुसार गएराति एक्कासी फेसबुकको सर्भर डाउन भएको थियो । चल्दाचल्दै एक्कासी फेसबुक चल्न थालेपछि कैयौँ फेसबुक प्रयोगकर्ताले सर्वप्रथम त, आफ्नो इन्टरनेट कनेक्शनमा दोष दिए । तर, केहि समयपछि सबैलाई थाहा भयो, यो त फेसबुककै समस्या हो । तर, यो समस्या नेपालमा मात्रै नभई अन्य विभिन्न मुलुकमा समेत देखिएको थियो । यद्यपि सोमबार राति फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले समेत काम गर्न छोडेका थिए।


ADVERTISEMENT


झन्डै ६ चलेको यो क्रमपछि मात्रै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइटरएपले काम गर्न थालेको जनाएको छ।


ADVERTISEMENT

# # #


हिजो उसो त, सामाजिक सञ्जालका अन्य माध्यमहरुमा समेत समस्या देखिएको थियो । तर, संसारभर तुलनात्मक रुपमा फेसबुक प्रयोगकर्ता बढि भएकाले फेसबुकसहितका अन्य साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाइसकेका थिए ।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओरालो लागेको हो।

यसलगत्तै सेयरको मूल्यसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। यसअघि ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई जितेका छन् । हाल जुकरबर्ग पाँचौं नम्बरमा झरेका छन्।