काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले चुनाव जित्नका लागि मात्रै राजनीति गर्न नहुने बताएका छन् ।


ADVERTISEMENT


दोधारा चाँदनीमा सोमबार नेपाली कांग्रेसको निवर्तमान नगर समितिको सम्मान एवं परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


राजनीतिलाई विकास र आर्थिक उन्नतिसँग जोड्नु पर्ने उनको तर्क रहेको छ ।  राजनीतिलाई देशको समृद्धिसँग जोड्नुपर्ने उनको भनाइ थियो।

उनले भने, “कांग्रेस हार्दा विकास पनि हार्दो रहेछ तपाइँहरुले देखिसक्नुभयो, हामी हारेकामा चिन्ता छैन। विकास हारेकामा चिन्ता छ ।”

उनले थपे “दोधारा चाँदनीका जनतासमक्ष जुन प्रतिबद्धता गरेका थियौँ, त्यो पूरा गरेर देखाएका छौँ, अस्पताल, पुल, सडक, महाकाली नदीमा तटबन्ध र जगबुढा नदीमा तटबन्ध लगायतको कार्य गरेका छौँ। गर्नुपर्ने अझै धेरै छ। त्यो पनि पूरा गर्छौं। जे बोल्छौँ। त्यो पूरा गरेर छाड्छौँ।”

सुक्खा बन्दगाह, चारलेनको पुल निर्माणको कार्यले गति लिएको उल्लेख गर्दै उनले सुक्खा बन्दरगाह जोड्ने सडकलाई महाकाली राजमार्गसँग जोडेर सुदूरपश्चिम क्षेत्रले आर्थिक विकासमा फड्को मार्ने बताए। दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह बनेपछि यो क्षेत्र ठूलो नाकाका रूपमा विकसित हुने उनले बताए।