काठमाडौं – पूर्व फिफा रेफ्री लव खत्रीको सोमबार निधन भएको छ ।


ADVERTISEMENT


खत्रीको बाथरुममा लडेर असामयिक निधन भएको थियो । सोमबार बिहान बाथरुममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि उनलाई नख्खुस्थित मेडिसिटी अस्पताल पुर्‍याएको थियो । तर‚ अस्पतालले उनलाई मृत घोषित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनायो ।


ADVERTISEMENT

# # #


परिवारले जानकारी गराएअनुसार खत्री मर्निङ वाकपछि बाथरुम गएका थिए । त्यही लडेपछि उनलाई अस्पतालमा तत्कालै लगिएको थियो ।

सन् २०१८ मा फिफा रेफ्र छाडेपछि पछिल्लो समय खत्री रेफ्री इन्सट्रक्टरको रूपमा फुटबलसँग जोडिएका थिए । उनले ‘ए’ डिभिजन टोली थ्री स्टार‚ जावलाखेल युथ र फ्रेन्ड्स क्लबबाट समेत फुटबल खेलेका थिए ।