काठमाडौँ– सरकारले ११ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १६ जना कर्मचारीको सरुवा गरेको छ ।


ADVERTISEMENT


सरुवा हुनेमा हाल गृह मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारी रहेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरि, प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको कर्मचारी समेत फेरबदल भएका छन् ।

जसअन्तर्गत जिल्ला प्रशासन कार्यालय टीकापुरमा कार्यरत सीडीओ मोहनराज जोशीलाई डडेल्धुरामा पठाइएको छ भने डडेल्धुरामा कार्यरत हरि प्रसाद घिमिरेलाई गृहमन्त्रालय सिंहदरवारमा तानिएको छ ।

यस्तै मन्त्रालयले गृह मन्त्रालयमा कार्यरत सह–सचिवद्धय कमलराज ढकाल र जय नारायण आचार्य दुवैलाई सीडिओ बनाएर क्रमशः जिल्ला प्रशासन कार्यालय भोजपुर कास्कीमा पठाइएको छ ।

यस्तै कास्कीका सीडीओ थानेश्वर गौतमलाई सह–सचिव बनाई गृह मन्त्रालयमा ल्‍याइएको छ भने त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा कार्यररत प्रमुख अध्‍यागमन अधिकृत सुशील वैद्यलाई लमजुङमा सीडीओ बनाएर पठाइएको छ ।

यस्तै डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोम बहादुर महत, मनाङमा रविन्द्र प्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनुज कुमार घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

लमजुङका सीडीओ होमप्रसाद लुईँटेल र रसुवाका सीडीओ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्‍याइएको छ ।

यस्तै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलालाई काठमाडौँस्थित जगन्नाथदेवलको जेलर बनाएर पठाइएको छ ।

सरुवा भएका कर्मचारी विवरण :