काठमाडौँ  – नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेटले कलैया, लहान, भैरहवा र टौदहमा उच्च गतिको इन्टरनेट सेवाको विस्तार गरेको छ ।


ADVERTISEMENT


ग्राहकको उच्च गतिको इन्टरनेट सेवाको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु भएको डिशहोमको फाइबरनेट देशको विभिन्न स्थानमा विस्तार भइरहेको छ ।


ADVERTISEMENT

# # #


बिक्रि प्रबन्धक मनोज शर्माका अनुसार पछिल्लो समय कलैया, लाहान, भैरहवा र टौदहमा सेवा सञ्चालनमा ल्याएको हो । नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

दशैँमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागू हुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।