काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवी समुहको आर्थिक सहयोगमा गठित उदयपुर जिल्ला, चौडण्डीगढीको कटरवोटेमा रहेको “दिदी बहिनी कृषक समूह”लाई फोटोकपी सहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


सो संस्थाले करिब एक दशकदेखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । तर निकै नै विकट स्थानमा रहेको उक्त संस्थामा तालिमका लागि आवश्यक कागजातहरु समेत छाप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समुहको आवेदन अनुसार दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकका तर्फबाट बैंकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई एक समारोह बिच उक्त सहयोग हस्तान्तरण गरेका हुन् । सो समारोहमा बैंकका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेका थियो ।