काठमाडौं – लक्ष्मी बैंक एसियन डेभेलपमेन्ट बैंक २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधिबाट सम्मानित भएको छ ।


ADVERTISEMENT


सो उपाधि लक्ष्मी बैंकले एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत पाएको हो ।  जो एडिबीसँग सहकार्य गर्ने सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।


ADVERTISEMENT

# # #


एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखि जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंक ले बिभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबैभन्दा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ । एडिबीको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापानको सुदृधीकरण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ ।

हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु प्रविधिबाट गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंकहरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरुद्वारा सम्मानित गरिएको थियो ।