काठमाडौं – प्रदेशको राजनीति दिनदिनै परिवर्तन भइरहेको अवस्थामा अन्नतोगत्वा नेपाली कांग्रेसले बाग्मती प्रदेशमा पनि आफ्नै नेतृत्वमा सरकार बनाउने भएको छ।


ADVERTISEMENT


बाग्मती प्रदेश सरकारको नेतृत्व लिन प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई निर्देशन पनि दिइसकेका छन् ।


ADVERTISEMENT

# # #


बानियाँ प्रधानमन्त्री देउवाबीच भेटवार्ता पनि भइसकेको छ । यसबाट बाग्मती प्रदेशमा बानियाँको नेतृत्वमा नै सरकार बन्नसक्ने आकलन गर्न सकिन्छ ।

प्रधानमन्त्री देउवासँगको भेटमा देउवाले बाग्मतीमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने र त्यसको लागि बानियाँलाई अघि बढ्नसमेत भनेको बुझिएको छ ।

सत्तापक्षीय गठबन्धनमा भने बाग्मतीमा कसलाई मुख्यमन्त्री बनाउने भन्नेबारे अहिलेसम्म छलफल नभएको नेताहरुले बताएका छन् ।

अहिले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा छिन् ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले शाक्यलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेकी हुन् ।

मुख्यमन्त्रीमा बानियाँ अघि सरे नेकपा (माओवादी केन्द्र) ले पनि  सहयोग गर्ने बुझिएको छ ।