काठमाडौं  – युवा उद्यमी खुशी पाठकले ७ जनालाई रोजगारी दिने गरी राजधानीको थापाथलीमा ‘ऐना युनिसेक्स सैलुन’ सञ्चालनमा ल्याएकी छिन् ।  जसको  लगानी  करिव ६० लाख रहेको छ । पाठकले थापाथली स्थीत ब्ल्यू बर्ड मलमा ‘ऐना युनिसेक्स सैलुन’ सञ्चालनमा ल्याएकी हुन् ।


ADVERTISEMENT


करियरको सुरुवातीमा खुशीले यति एयरलायन्सको यएर होस्टेज भएर ४ बर्ष काम गरेकी थिइन् । त्यसपछि उनी ब्यवस्थापनको काममा समेत सरिक भइन् । खुशीले ५२ मेगाहर्जको अपर ल्याप्चेखोला हाइड्रोपावरको एचआर तथा एडमीन म्यानेर भएर काम गरिसकेकी छिन् ।


ADVERTISEMENT

# # #


त्यसको साथै उनी सोलार पावर ‘इको पावर डेभलपमेन्ट’को डाइरेक्टर समेत भइसकेकी छिन् । बहुप्रतिभाका धनी खुशीले ब्यवस्थापन र व्यापारमा मात्रै नभएर मोडलिङमा समेत काम गरिसकेकी छिन् । युवाहरु नेपालमा भविष्य नदेखेर विदेशीरहेको बेला उनी भने भएजति अवसर नेपालमै रहेको देख्छिन् ।

उनी भन्छिन् ‘नेपालमा काम गर्न कुनै समस्या छैन । विदेशीनु बाहाना मात्रै हो । आफ्नै देशमा युवाहरुले काम र उद्यम गर्नु राम्रो’ ।’

काम प्रतिको लगाब र नविनतम सोचकै कारण आफु उद्यमतिर लागेको उनी बताउँछिन् । महिलाहरु आत्मनिर्भर भएर अरुलाई पनि रोजगारी दिलाउन सक्ने हुनुपर्ने उनी बताउँछिन् ।

१६ बर्षकै उमेरदेखि विभिन्न काम र उद्यममा जोडिँदै आएकी उनी अमेरिका समेत पुगेकी थिइन् ।  तर, अमेरिकको बसाइ त्यागेर नेपालमै केही गर्ने सोचले उनी फर्किइन् ।