ललितपुर – समय फाल्चा पाटीको विवाद लामो भइसकेको छ ।


ADVERTISEMENT


ललितपुर महानगर पालिकाले फुटपाथ र सडक मापदण्ड विपरीत समय फाल्चा पाटी बनाउने अड्डी कसेको छ ।


ADVERTISEMENT

# # #


उता सर्वोच्च अदालतले बाटो मासेर पैदल यात्रीलाई दुख दिन पाटी नबनाउनू भनी आदेश पनि दिइसकेको छ ।

यसलाई अटेर गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ललितपुर पुल्चोकका केही व्यक्तिहरुलाई आफ्नो प्रभावमा पारी सम्पदा, पुरातत्व र संस्कृतिको नाममा नकरात्मक सूचना प्रवाह गरी कानून र नियम विपरीत जबरजस्ती पाटी निर्माण कार्य सुरुवात गरेका छन् । यसले तमाम बटुवालाई असर गर्ने देखिएको छ ।

यसैबीच लालिगुराँश बहुद्देशीय सहकारीले पनि त्यसमा ध्यानाकर्षण भएको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै संस्थाले सर्वोच्चकै अवहेलना गर्दै ललितपुर महानगरले बबन्डर मच्चायो भनी बताएको छ ।

यस्तो छ लालिगुराँशको विज्ञप्ति जस्ताको तस्तै:

यस संस्थाको मुख्य कार्यालय ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं ३ पुल्चोकको कित्ता नं ४५६ र ४५७ सँग जोडिएको नेपाल सरकारको नाममा दर्ता रहेको किता नं ३२७ क्षेत्रफल ०–१–०–१ भएको जग्गामा हाल आएर ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०७७-०७८ को वार्षिक नगर विकास योजना अन्तर्गत उक्त जग्गामा पाटी बनाउनको लागि रु ३०,००,०००र– (अक्षेरुपी तीस लाख रुपैया) बजेट व्यवस्था गरी समय फल्चा पाटी निर्माण कार्य सुरुवात गरेको हुँदा, नेपाल सरकारको विभिन्न निकायले सरकारी जग्गामा पाटी निर्माण नगर्नु भनी गरेको निर्णय, निर्देशन तथा पत्राचारहरु र मिति २०७८-०४र१७ गते सर्वोच्च अदालत, मिति २०७८-०५र०२ गते ललितपुर जिल्ला अदालत तथा मिति २०७८-०५र२९ गते उच्च अदालत पाटनको आदेश बमोजिम सडक मापदण्ड विपरीत नहुने गरी मात्र निर्माण कार्य गर्न सक्ने भनिएकोमा (हाल उक्त मुद्दाहरु विचाराधीनमा रहेको), हाल ललितपुर महानगर पालिकाले फुटपाथ र सडक मापदण्ड विपरीत, नक्सा पास नगराई सार्वजनिक बाटो बन्द हुने गरी मिति २०७८÷०५÷२४ गतेबाट निर्माण कार्य सुरुवात गरेकोमा उक्त कार्य प्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाण्डौं उपत्यका भित्रका नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माण सम्बन्धी मापदण्ड २०६४ मा ललितपुर महानगरपालिकाको कुपण्डोल–जावलाखेलको शाखा सडकमा मुल सडक केन्द्रको ११-११ मिटर भित्र कुनै पनि स्थायी खालको निर्माण कार्य गर्न नपाइने भनिएको र साविक देखिको सर्भे नापी नक्सामा कुनै पाटीसमेत नभएको अवस्थामा हाल आएर सर्वोच्च, उच्च र जिल्ला अदालतको आदेश विपरीत ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ललितपुर पुल्चोकका केही व्यक्तिहरुलाई आफ्नो प्रभावमा पारी सम्पदा, पुरातत्व र संस्कृतिको नाममा नकरात्मक सूचना प्रवाह गरी कानून र नियम विपरीत जबरजस्ती पाटी निर्माण कार्य सुरुवात गरेको र यस संस्थाको मुख्य कार्यालयको प्रवेशद्वार दक्षिणतर्फ भनी गलत प्रचार गरी बिना जानकारी मिति २०७८र०६र११ गते जस्ताको बार लगाई संस्था बन्द गर्ने दुषप्रयास समेत गरेको व्यहोरा समेत जानकारी गराईन्छ ।

उक्त कार्यको विरुद्ध संस्थाले विभिन्न मितिमा सर्वोच्च अदालत, उच्च अदालत पाटन र ललितपुर जिल्ला अदालतमा विभिन्न मुद्दाहरु दायर गरेको र उक्त मुद्दाहरुको अन्तिम फैसला हुन बाँकी रहेकोमा ललितपुर महानगरपालिका र पाटी (समय फल्चा) पुनः निर्माण समितिले अदालतको आदेश विपरित बल प्रयोग गरी निर्माण कार्य सुरुवात गरेकोले २२ हजार भन्दा बढी सदस्य रहेको यस संस्थाको करोडौं मूल्य पर्ने भवनको मूल प्रवेशद्वार पूर्ण रुपमा बन्द भई संस्थाको वित्तिय कारोबारमा गम्भीर असर पर्ने भएको हुँदा, सम्पूर्ण शेयरसदस्य तथा शुभचिन्तकहरुको विगतमाझैं साथ, सहयोग तथा विश्वासको सदैव अपेक्षा गरेका छौं । साथै संस्थाको सम्पूर्ण कारोबार यथास्थीतिमा सुचारु भइरहेको व्यहोरा समेत जानकारी गराउँदछौं ।

अमर दास श्रेष्ठ
अध्यक्ष
संचालक समिति