काठमाडौं– गायक प्रताप दासको दिनानुदिन संगीत बजारमा चर्चा बढ्दो छ । उनको स्वरमा समावेश दर्जनौ गीतहरु स्रोता माझ लोकप्रिय छन् । हिजो मात्रै उनको एकल स्वरमा रहेको नयाँ गीत बजारमा आएको छ ।


ADVERTISEMENT


‘रिसाउ न त रिसाउ’ बोलको यस गीतमा गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ । नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् । अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।


ADVERTISEMENT

# # #


म्युजिक भिडियोमा दिनेश खनाल र विष्णु मिश्रलाई क्युट कपलको रुपमा प्रस्तुत गरिएको छ । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस् :