काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सूचना सञ्चार क्षेत्रमा भएका विकासको व्यवहारमा अभ्यास गर्न पाएको अधिकारलाई न्यूनीकरण गर्न नहुने बताएकी छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेला उद्घाटन गर्दै उनले आन्दोलनबाट प्राप्त गरेको महत्वपूर्ण हक सूचना र सञ्चार पनि रहेको भन्दै यस क्षेत्रको अधिकारलाई न्यूनीकरण गर्न नहुने बताएका हुन् । उनले केबलका विषयमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने बताइन् । समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै विकासका गतिविधि अगाडि बढाउने सरकारको नीति भएको स्पष्ट पारिन् । व्यवसायीका पेसागत जीवनमा परेका समस्यालाई राज्यले सकारात्मक ढङ्गले ग्रहण गर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


त्यस्तै केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माले विद्युत प्राधिकरणले पोल भाडा बढाइएको भन्दै व्यवसायीहरु नै संकटमा पर्ने बताए । पोल भाडा, गैरकानुनी प्रसारण तथा क्लिनफिडलगायत विविध समसामयिक विषयमा पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

त्यस्तै डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्यले टेलिभिजन प्रदायक संस्थाको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने धारणा राख्नुभयो । घर घरमा सहज रुपमा टेलिभिजन च्यानल पुराउन नसके यस क्षेत्रका उद्योग नै धरापमा पर्ने उनको भनाई छ । उनले स्वदेशी व्यवसायीको घाटी निमोठ्ने र बिदेशी व्यवसायीलाई खुलमखुल्ला छाड्ने नीतिलाई सरकारले उचित सम्बोधन गर्नुपर्ने धारणा राखे ।

महासङ्घले केबल टेलिभिजन सञ्चालनका क्रममा राज्यले अङ्गीकार गर्ने अस्थिर नीतिका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै गैरकानुनी प्रसारण बन्द गर्नुपर्ने र प्रसारण क्षेत्रलाई कानुनबमोजिम करको दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।

महासङ्घले नेपालका सम्पूर्ण केबल टेलिभिजन व्यवसायको संरक्षण तथा प्रवद्र्धनका निम्ती राज्यले अविलम्ब उचित निर्णय नगरे सम्पूर्ण केबल टिभी व्यवसाय नै बन्द हुने जनाउँदै सरोकारवालासँग छलफल गरेर मात्र पोल भाडा निर्धारण गर्न आग्रह गरेको छ ।