बुटवल– नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले सीमाङ्कन सम्बन्धी प्रस्ताव संसदमा कुनैपनि हालमा पारित हुन नदिने बताएका छन् ।


ADVERTISEMENT


शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज बुटवमा आयोजना गरेको प्रदेश नं– ५ स्तरीय सङ्घीयता र शिक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । कार्यक्रमका बाल्दै नेता पौडेलले शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा जनता अधिकार सम्पन्न नभए सङ्घीयता टिकाउ नहुने बताए। साथै नेपालको विशिष्टतामा आधारित सङ्घीयता लागू गरिएकाले यसलाई कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा लगानी बढाइ स्थानीय तहलाई अधिकार दिनुपर्ने धारण नेता पौडेका थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सांसद आदित्यनारायण कसोधनले समावेशी र समृद्ध मुलुकका लागि सङ्घीयता अनुकूल शिक्षानीति हुनुपर्ने बताए । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिक्षाका निकायलाई सङ्घीयता अनुकूल बनाउन आवश्यक पहल भइरहेको र शिक्षाको मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहने जनाए । शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा जनता अधिकार सम्पन्न नभए सङ्घीयता टिकाउ नहुने बताएका छन्।

प्रदेश– ५ का ११ जिल्लाका नागरिक समाजका प्रतिनिधि र शिक्षा सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा सार्वजनिक शिक्षा सुदृढीकरणका लागि स्थानीय स्रोत जुटाइ बढाउनुपर्ने र स्थानीय तहलाई सवल बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय पाठ्यक्रम, पर्यटन, बौद्धदर्शन, जीवनोपयोगी र सीपमूलक शिक्षाको नीतिका लागि राज्यले ध्यान दिनुपर्नेसहित १७ बुँदे रुपन्देही घोषणापत्र जारी गरिएको छ ।