काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानमा दोस्रो खेलमा नेपालले अमेरिकालाई १७५ रनको सामान्य चुनौति दिएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेडियममा अमेरिकाले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन मात्रै बनाएको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । एकतर्फ लगातार विकेट गइरहँदा अर्कोतर्फ अन्तिमसम्म आफ्नो विकेट बचाएका उनले १०५ बलमा ३ चौकाको मदतमा ५५ रन जोडे ।


ADVERTISEMENT

# # #


यस्तै कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १ छक्काको मदतमा ३६ रन बनाए । नेपालले पहिलो ५ रन जोड्दा नै पहिलो विकेट गुमाएपछि उनले कप्तान मल्लसँग मिलेर ५१ रनको साझेदारी गरे । आजै डेब्यू गरेका युवा बलर गुल्सन झाले २ चौका र १ छक्कासहित २८ रन बनाए । उनले कप्तान मल्लसँग पाँचौँ विकेटका लागि ५१ रनको साझेदारी गरेक थिए ।

करण केसी १२, सन्दीप लामिछाने ११ र विनोद भण्डारी १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्करले महत्वपूर्ण ४ विकेट लिए । घातक बलिङ गरेका उनले ९ ओभरमा २९ रन मात्रै खर्चिए । यस्तै आजै अमेरिकाका लागि एकदिवसीयमा डेब्यू गरेका कायल फिलिपले ३ विकेट चट्काए । यस्तै करिमा गोरे, एल्मोर हट्चिन्सन र नोस्तुस केन्जिगले १–१ विकेट आफ्नो नाममा लेखाए ।

अमोरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

यसअघिको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।