काठमाडौँ – आगामी सेप्टेम्बर २५ देखि काठमाडौँमा सुरु हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।


ADVERTISEMENT


प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।


ADVERTISEMENT

# # #


यस पटक पाकिस्तानका पूर्वकप्तान शाहीद अफ्रिदी, खेलाडी शोयब मालिक, वेष्ट इण्डिजका अलराउन्डर कार्लस् ब्याथरह्वेट, विष्फोटक ब्याट्सम्यान, अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद साहजाद, जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा लगायतका चर्चित खेलाडीले ईपीएल खेल्दैछन् ।