काठमाडौँ – दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टिनले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सन् २००४ मा दक्षिण अफ्रिकाका लागि डेब्यू गरेका ३८ वर्षीय स्टिनले मंगलबार सामाजिक सञ्जालमार्फत सबै प्रकारका क्रिकेटबाट विदा लिने निर्णय गरेका हुन् ।


ADVERTISEMENT


पछिल्ला केही वर्षमा अत्याधिक चोट व्यहोरेर राष्ट्रिय टोलीबाहिर रहेका उनले सन् २०१९ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । सन् २०२० फेब्रुअरीमा अष्ट्रेलियाविरुद्ध खेलेको टी–२० अन्तर्राष्ट्रिय खेल नै दक्षिण अफ्रिकाका लागि उनको अन्तिम बन्न पुग्यो ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘आज मैँले आधिकारिक रुपमा सन्यास लिएको छु, जुन खेललाई मैँले अत्याधिक माया गर्छु । कठिन तर अनुग्रहित ।’ उनले आफ्नो यात्रामा साथ दिनेहरुलाई धन्यवाद दिएका छन् ।

स्टिनले दक्षिण अफ्रिकाका लागि ९३ टेस्ट खेलमा ४३९ विकेट लिएका छन् । यस्तै उनले १२५ एकदिवसीयमा १९६ तथा ४७ वटा टी–२० अन्तर्राष्ट्रियमा ६४ विकेट लिएका छन् ।