काठमाण्डौ– राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’ सम्मानित भएका छन् ।


ADVERTISEMENT


कोरियोग्राफर झालाई ‘राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान’ भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपती परमानन्द झासंगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सिईओ तथा निर्देशक निशु कान्त झाले सम्मानित गरेका हुन् ।


ADVERTISEMENT

# # #


विगत लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रुपमा अनवरत आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका झाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गरेका छन् । फेशन डिजाईनर काउन्सिल अफ नेपालका सल्लाहकार समेत रहेका कोरियोग्राफर अश्विनी वर्तमान समयमा नेपालका चर्चित, व्यस्त तथा सफल कोरियोग्राफरमा पर्दछन्।

म्युजिक सिटी हल, बालकुमारी, ललितपुरमा सम्पन्न उक्त विशेष समारोहमा चलचित्र, सङ्गीत, समाजसेवा, मनोरंजन, फेसन डिजाईन, पेजेन्ट लगायतका क्षेत्रमा कार्यरत झण्डै अन्य ६ दर्जन विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मानित गरिएको छ ।