काठमाडौँ – विवाहित महिलाहरूकोे सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुला गरिएको छ । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वर्ल्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको हो ।
महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले सो कार्यक्रम निरन्तर आयोजित हुँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु कान्त झाले बताए ।
‘रिबन इन्टरटेनमेन्टकोमूल दर्शन सँधै महिलाको सशक्तिकरणमा आधारित रहँदै आएको छ । हामी विजेतालाई केबल ताज होइन, भविष्य दिन चाहन्छौँ ।’ उनले भने, ‘हामी चाहन्छौँ, नेपालको जुनसकै कुनामा रहेका महिलाले आफूलाई योग्य र सक्षम ठानुन् र यो मञ्चमार्फत आफ्नो आजाव विश्वमाझ पुर्याउन् ।’ यस वर्षको प्रतियोगिता बिगतको भन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने उनले बताए ।
प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न हुने र त्यसपछि छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय गराइने आयोजकले जनाएको छ ।