काठमाडौँ– कांग्रेस नेता तथा कार्यकर्ताले वैधानिक समयमा नै महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


सभापति देउवा निवासमा बिहिवार बस्न लागिएको कांग्रेसको केन्द्रीय समिति बैठकको मौकामा सबल कांग्रेसका लागि हाम्रो अभियानमा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिमुलक रूपमा प्रदर्शन र धर्ना दिनेमा पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ता रहेका छन् । उनीहरु देउवा निवास बाहिर ‘कांग्रेस नेताहरूले महाधिवेशन सुनिश्चित गरौं’ जस्ता लेखिएका प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकलाई ९ लाखभन्दा बढि क्रियाशिल कार्यकर्ताको महाधिवेशनको चाहाना विरुद्ध गएर मनपरी गर्न नपाइने र पार्टीको १४ औं महाधिवेशन वैधानिक समयसिमा भित्र नै हुनुपर्ने उनीहरुको माग छ ।

उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने कार्यक्रम छ । यता भने, आजको बैठकमा भाग लिन नेताहरू बूढानिलकण्ठ जाने क्रम जारी छ ।

विधानअनुसार देउवाको कार्यकाल भदौ २३ मा सकिँदैछ। आज देउवा निवासमा बस्ने बैठकले महाधिवेशन सार्ने तयारी गरेकोमा पनि उनीहरूले विरोध गरेका हुन् ।