काठमाडौँ– सरकारले विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न तहका परीक्षाका विद्यार्थीलाई बिहिवारदेखि नै खोप वितरण गरेको छ ।


ADVERTISEMENT


बुधबार बसेको स्वास्थ्य सचिवस्तरीयको बैठकले  त्रिविद्वारा परीक्षा दिन लागेका विद्यार्थीलाई खोप दिने निर्णय गरेसंगै आजदेखि नै खोप वितरण गर्न थालिएको हो ।


ADVERTISEMENT

# # #


स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्माले परीक्षार्थीले काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर खोप लगाउन सक्ने बताए । खोप लगाउन जाँदा विद्यार्थीलाई प्रवेश पत्र अनिवार्य गरिएको छ ।

त्रिविद्वारा हाल सञ्चालन गर्न लागिएको परीक्षार्थी संख्या करिब ६० हजार बराबर रहेको मन्त्रालयको अनुमान छ । ती सबैलाई खोप प्रदान गर्न लागिएको डा. शर्माको भनाई छ ।

यो पनि पढ्नुहोस् :

अन्ततः विद्यार्थीले तत्काल पाउने भए कोरोनाविरुद्धको खोप