काठमाडौँ– आइतबाट साँझ विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा देउवालाई बधाई  दिएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै, खानले आगमी दिनहरुमा नेपाल–पाकिस्तानबीचको हार्दिक सम्बन्ध अझ प्रगाढ बनाउँने जनाउँदै साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास समेत व्यक्त गरेका छन् ।