काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका दुई मोटरसाइकलसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरी महाशाखाका अनुसार, पक्राउ पर्नेमा दोलखा घर भएका वर्ष १९ को विज्ञान भुजेल रहेका छन् ।


ADVERTISEMENT

# # #


सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भुजेललाई आइतबार मात्रै हराएको भनी दर्ता गरिएको बा ९५ प २३३ नम्बरको केटिएम डुक २०० सिसिको मोटरसाइकल बिना साँचो नै डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा भक्तपुर, कौशलटारबाट  पक्राउ गरिएको हो ।

मोटरसाइकल चोरी भएको दर्ता हुनासाथ खोजीकार्यमा खटिएको प्रहरीको प्रयासका कारण सोहि दिनमा नै भेटाउन सफल भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

यस्तै, नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात् बा ८३ प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाईकल समेत कौशलटारबाट बरामद गरेको छ । उक्त मोटरसाइकल यहि जेष्ठ १० गते बालकुमारी, ललितपुरबाट हराएको निवेदन मोटरसाइकल धनी गोदावारी न.पा. – ६, टिकाभैरवका लक्ष्मण रानाले दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरू सहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी वृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ ।