खोटाङ– कोरोना भाइरसको रोकथाम एवम् नियन्त्रणको महत्वलाई मध्यनजर गर्दै स्वर्गीय पर्शुराम राई प्रतिष्ठानद्वारा विभिन्न स्थानहरुमा आवश्यक स्वास्थ्य सुरक्षका सामागीहरु वितरण गरिएको छ ।


ADVERTISEMENT


तुलनात्मक रुपमा हाल ग्रामीण भेगमा धेरै देखिएको कोरोना रोकथामका लागि भन्दै प्रतिष्ठानले खोटाङका विभिन्न स्थानमा गई मास्क, पिपिई सेट, अक्सिमिटर तथा सेनिटाइजर लगायतका सामाग्री वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


यसअन्र्तगत प्रतिष्ठानले हलेसी तुवाचुङ नगरपालिका–७ का हलेसी प्रतिष्ठानलाई ४ हजार माक्स, ४ वटा अक्सिमिटर, खामाखा खार्चुङ समाजलाई १ हजार माक्स १ वटा अक्सिमिटर, हलेसी पोलिक्लिनिलाई १ हजार ५ सय माक्स, १ वटा अक्सिमिटर र केही मात्रामा स्यानिटाइजर तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपालाई ८ हजार माक्स, १० लिटर स्यानिटाइजर, १० वटा अक्सिमिटर र ८ थान पिपिई सेट वितरण गरेका छन् ।

यसैगरि, ऐसेलुखर्क गाउँपालिका–३ तर्फ ऐसेलुखर्कलाई २० हजार माक्स, २० लिटर स्यानिटाइजर, ९ वटा अक्सिमिटर १० थान पिपिई सेट, ३० वटा फेसशिल्ड, ज्येष्ठ नागरिक संघ लफ्याङलाई १ हजार र नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ३ हजार माक्स, ५० थान फेसशिल्ड, ३ वटा अक्सिमिटर र ११ वटा पकेट सेनिटाइजर प्रदान गरिएको छ ।

यसैबीच, प्रतिष्ठानले अभिनेत्री मनिषा कोईरालाको ब्याप्स स्वामीनारायण संस्था युकेबाट प्राप्त १ वटा अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री समेत हलेसी तुवाचुङ नगरपालिकालाई हस्तान्तरण गरेको छ ।