काठमाडौँ – नेकपा एमालेमा नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्माओलीले गल्ती महसुस गर्दै ‘कोर्स करेक्सन’ गर्न तयार भए स्वागत गर्न सकिने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपा पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


देउवातिर हेर्दै उनले भने, ‘मानिस हुन्, कहिलेकाहीं गल्ती हुन्छ । त्यसलाई स्वीकार गरेर कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’ ओलीले राजीनामा दिन्छु, ठाउँ छोड्दिन्छु भनेमा त्यो सम्भव हुने नेता नेपालले बताए ।

नेता नेपालले संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने बताए । उनले नेपालले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको उल्लेख गरे ।